करिश्माको एमाले प्रवेशको साइत वैशाख ९, सोपिस बन्लिन् कि नेतृत्व पाउलिन् !
काठमाडौँ : नयाँ शक्तिमा लागेर डा बाबुराम भट्टराईबाट राजनीतिक दिक्षा लिएकी करिश्मा मानन्धर एमाले प्रवेश गर्ने पक्का भएको छ। केही दिन अगाडि एमाले अध्यक्ष केपी ओलीसँग उनको निवास बालकोटमा गएर छलफल गरेकी उनी वैशाख ९ गते एमाले प्रवेश गर्दै छिन्।
वैशाख ९ कम्युनिस्ट पार्टी स्थापना दिवस हो। त्यही दिन उनलाई ओलीले औपचारिक रूपमा एमालेमा प्रवेश गराउँदैछन्। उनी कुन जिम्मेवारी लिएर एमालेमा जाँदै छिन् भन्ने गोप्य नै राखिएको छ।
स्थानीय तहको निर्वाचनको मुखैमा करिष्मा पार्टीमा आउँदा प्रचारमा सहयोग पुग्ने एमालेको विश्वास देखिन्छ। करिष्मासँगै अन्य पनि एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताइए पनि उनीहरू को हुन् खुलाइएको छैन।
नयाँ शक्तिमा लागे लगत्तै औपचारिक अध्ययन सुरु गरेकी करिष्माका पछिल्ला अभिव्यक्तिहरू परिपक्व देखिने गरेका छन्। उनले पटक-पटक नेतृत्वको आकाङ्क्षा राख्दै आएकी छिन्। यस अगाडि भुवन केसी एमालेमा प्रवेश गरेर सांसद टिकटको अपेक्षा गरेका थिए। तर उनलाई एमालेले उपेक्षा गरेको थियो।
एमालेले उनलाई नेतृत्वको जिम्मेवारी सहित पार्टीमा प्रवेश गराउने हो या सेपिस बनाउने त्यो वैशाख ९ मा पक्कै खुल्ला नै।
चैत २, २०७८ बुधबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।