माओवादीको लुम्बिनीका पदाधिकारी टुङ्गियो, अब घर-घर जान निर्देशन
बुटवल : माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी निर्वाचनमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको आधार इलाका बनाउने गरी निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा सहभागी पार्टी कार्यकालाई कपिलवस्तुमा सम्बोधन गर्दै पुनले प्रदेशमा विजय बनाएको लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन्।
जनयुद्धको उद्गम थलो यही प्रदेश भएकाले पार्टीलाई विजय बनाउन सबै कार्यकर्ता अब मतदाताको घरमा पुग्न निर्देशन दिए।
उनले नेपालमा कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरे पनि एमाले अध्यक्ष केपी ओलीको अहङ्कारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको बताउँदै त्यसका लागि माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा भएको बताए।
लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा बराल
लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। यस अघि नै प्रदेश अधिवेशन टुङ्गिएको भए पनि पदाधिकारीको टुङ्गो भने लाग्न सकेको थिएन। त्यस्तै उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, वीर बहादुर खत्री, सचिवमा कृष्ण अधिकारी, सह सचिव अकलबहादुर बम, पार्वती विक, काशीराम यादव र कोषा अध्यक्ष निर्देशन अलि चयन भएका छन्।
पार्टीको बैठकले पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारीमा जिल्लाको इन्चार्ज, सह इन्चार्ज, चैत्र ५ गते देखि १५ गतेसम्मको राजनीतिक तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ।
चैत २, २०७८ बुधबार १७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।