मन्त्रीको लगानी रहेको फिल्मबाट पल शाह आउट, सौगात मल्ल भए अनुबन्ध
काठमाडौँ : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेको लगानीमा बन्न लागेको फिल्म' २ नम्बरीबाट पल शाह निकालिएका छन्। शाह नाबालिगको बलात्कारको आरोपमा प्रहरी हिरासतमा पुगेपछि निर्माण टिमले उनको स्थानमा सौगात मल्लसँग सम्झौता गरेको छ।
चैत्रको १५ गतेबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्मको २ वर्ष अगाडि नै छायाङ्कन सुरु भएको थियो। कोरोना महामारीका कारण फिल्मको काम रोकियो। सङ्क्रमण घटेपछि शाह प्रहरी हिरासतमा पुगे।
दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्ममा यस अगाडि नै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकार अनुबन्ध भइसकेका छन्। फिल्म आगामी कार्तिक ४ गते तिहारमा रिलिज गर्ने निमार्ण टिमको लक्ष्य छ।
फिल्ममा मनाङे र अमला देवी राईको लगानी छ। फिल्मका कार्यकारी निर्माता भने सरोज नेपाली हुन्। आपराधिक पृष्ठभुमीका मनाङेले यस अगाडि वानवे नामक फिल्म बनाएका थिए। छोरालाई हिरो बनाउन निर्माण गरेको फिल्म सुपर फ्लप भएको थियो।
चैत २, २०७८ बुधबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।