एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे एमाले संसदीय दलको कार्यालयमा बस्नेछ।
हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै एमालेले बैठक बोलाएको हो।
यसअघि प्रतिनिधि सभाको बैठक चैत २ गते आजका लागि बोलाइएको थियो भने राष्ट्रिय सभाको बैठक पनि माघ १६ गतेयता यसअघि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।
अब दुवै सदनको अधिवेशन अन्त्य भएको छ।
चैत २, २०७८ बुधबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।