दीपकराज गिरी उभिए माओवादीको पक्षमा

दीपकराज गिरी उभिए माओवादीको पक्षमा

काठमाडौँ : 'पीर' गीतलाई लिएर माओवादी केन्द्रको आलोचना भइरहेको बेला निर्देशक तथा कलाकार दीपकराज गिरी माओवादीको पक्षमा उभिएका छन्। पिर गीतको दृष्यलाई लिएर माओवादीका भातृ सङ्गठन अनि केही नेताले गीत युट्युबबाट हटाउन माग गरेपछि यसबारे बहस सुरु भइरहेको छ।

सामाजिक सञ्जालमा लडाकुलाई बेवास्ता गरेर माओवादीका नेताहरू सुख सयलमा बसेको भन्दै आलोचना भइरहेको छ। यसबारे विभिन्न कलाकर्मीले पनि आफ्नो धारणा राखिरहेका छन्।

यही गीतबारे आफ्ना धारणा राख्दै गिरी गीतसँगै माओवादीको पक्षमा उभिएका छन्। उनले पीर गीत असाध्यै राम्रो रहेको र त्यसले धेरैलाई छोएजस्तै आफूलाई पनि छोएको लेखेका छन्।

यही मौकामा केही मानिसले माओवादीलाई घेर्न थालेकोमा असन्तुष्टि जनाउँदै उनले लेखेका छन्'  कुनचाँही पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोग छैन?'

उनले माओवादीको विचारबाट आएको संविधानमा टेकेर राजनीति गर्ने अनि उसैको सत्तोसराप गर्ने भन्दै माओवादीको आलोचकप्रति तिखो प्रश्न गरेका छन्।

उनले फेसबुकमा लेखेको स्टाटस

पीर गीत असाध्यै राम्रो !

मलाइ पनि छोयो ,धेरैलाई छोएको हुनुपर्छ!

तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई  समूह बनाएरै सराप्न थालेको पनि देखे,

कुनचाहिँ पार्टीमा केही मानिसको रजॉइं र केही मानिसको हरि बिजोक छैन?

कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ?

उसैको बिचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तोसराप पनि उसैलाई गर्ने?

हो गीत बन्द गर्न दबाब चाहिँ दिनु गलत नै हो …

चैत १, २०७८ मंगलबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।