युक्रेनी मिसाइल हमलामा २० सर्वसाधारणको मृत्यु भएको रुसको दावी, अन्तर्राष्ट्रिय अदालतले भोलि फैसला सुनाउने

युक्रेनी मिसाइल हमलामा २० सर्वसाधारणको मृत्यु भएको रुसको दावी, अन्तर्राष्ट्रिय अदालतले भोलि फैसला सुनाउने

एजेन्सीः रुस-युक्रेनबीच युद्ध चलेको २०औं दिन भइसकेको छ। यसबीचमा थुप्रै युक्रेनी शहरमाथि रुसले कब्जा जमाइसकेको छ भने दुवैतर्फ थुप्रै मानिसको मृत्यु भइसकेको छ।

यता रुसले भने आफूले अलग राष्ट्रको मान्यता दिइको डोनेत्स्कमा युक्रेनको ब्यालिस्टिक मिसाइल हमलामा परी २० सर्वसाधारणको ज्यान गएको आरोप लगाएको छ। यही हमलामा ३५ जना घाइते भएको रुसको दावी छ।

युक्रेनले भने सो मिसाइल हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ। यस्तै सो हमला रुसी मिसाइलकै भएको हुनसक्ने पनि बताएको छ।

दुई देशबीच आरोप प्रत्यारोप चलिरहँदा अन्तर्राष्ट्रिय अदालतमा भने भोलि रुसविरुद्ध युक्रेनले दायर गरेको रिटको फैसला हुने भएको छ।युक्रेनले ७ मार्चमा आफ्नो भूमिमा सैनिक गतिविधि रोक्नुपर्ने मागसहित रिट दायर गरेको थियो।

चैत १, २०७८ मंगलबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।