रोडिजमा दियाको रौद्र रूप : रिसाउँदै केटाहरूलाई भनिन्' मर्द भन्छन्, जा गएर हेर !
एक जनालाई बचाउने अनि एक जनालाई भोट आउटमा पठाउने निर्णय गर्दा उनैले सीतालाई भोट आउटमा पठाएकी थिइन्। तीन जनालाई भोट हाल्दा रेड टिमको मेम्बर बाहेक सीता, दिलीप र शिवराज परे।
रेड टिमकी प्रनिशाले त टिममा गद्दारी गरेरै आफ्नै टिमको सन्देशलाई भोट गरेकी थिइन्। धन्न तीन भोट आएर जोगिए। जब सीता डेन्जर जोनमा परिन् दियाको दिमाग घुम्यो।
थुक्क नामर्दहरू गएर हेर आफ्नो भन्दै मस्तै गाली गरिन् प्रतियोगीहरूलाई नै। रोइन्, चिच्याइन्। यसभन्दा अगाडि अनुपविक्रमको टिममा एक जना प्रनिशा मात्र हुँदा पनि उनले हरेस खाएका थिएनन्। तर दियाले नोमिनेसन हुँदैमा हरेस खाइन् नमजाले। गाली त के-के पो हो। आफै डेन्जर जोनमा नोमिनेशन गर्ने आफै कराउने पारा चैँ छक्कै पार्ने खालको हो उनको।
तीन जना छानिएपछि पनि एक जना गेममै फर्कन पाउने मौका आयो फेसअपको। तर शारीरिक हैन मानसिक। पजल दिइयो। जसले पहिला मिलायो उ जोगियो। शिवराजले मिलाए। तर गलत भयो। दिलीपले मिलाए, मिल्यो। उनी जोगिए। पहेलोबाट सीता अनि निलो टिमबाट शिवराज बाहिरिए।
अब टिममा आठ जना बाँकी भए। रेडमा तीन, ग्रिनमा तीन, एल्लो र ब्लुमा १-१। लाहुरेको ग्रिन र अनुपको रेडबिच सहकार्य छ। यसले बाँकी २ टिमका डेन्जर जोनमै छन्। खेल जितेर जोगिने मात्र उपाय छ। तर जुन टिममा जति भए पनि विजेता हुने त एक जना मात्रै हो।
चैत १, २०७८ मंगलबार ००:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।