१३ सय युक्रेनी सैनिकको मृत्यु, ६ सय रुसी सैनिकले गरे आत्मसमर्पण
एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १३ सय युक्रेनी सैनिक मारिएको बताएका छन्। रुस-युक्रेनबीच जारी युद्धको १७औं दिनमा उनले आफ्नोतर्फ हालसम्म १३ सय सैनिक मारिएको बताएका हुन्।
यस्तै उनले शुक्रबारसम्ममा करिब पाँच सयदेखि ६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको पनि बताएका छन्। यद्यपि यस सूचनाको पनि पुष्टि भएको छैन।
यहीबीचमा युक्रेनी सेनाले भने भोल्नोभाखा शहर छोडेका छन्। रुसी हमलाका कारण शहर पूर्णरूपमा ध्वस्त भएपछि उनीहरू त्यस स्थानबाट निस्किएका हुन्।
यता मेलिटोपोल शहरमा भने रुसी सेनाले ठूलो विरोधको सामना गर्नुपरिरहेको छ। रुसी सेनाले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपरहण गरेको छ। राष्ट्रपति जेलेन्स्कीले यसलाई युद्ध अपराधको संज्ञा दिएका छन्।
फागुन २९, २०७८ आइतबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।