जसपा राष्ट्रिय पार्टी हैन भन्दै वीरगन्जको मेयर एमालेमा लागे

जसपा राष्ट्रिय पार्टी हैन भन्दै वीरगन्जको मेयर एमालेमा लागे

जनकपुरधाम : चुनावी चहलपहल सुरु भएसंगै पार्टी छाड्ने र दल बदल्ने प्रतिस्पर्धा सुरु भएको छ। शनिवार  वीरगन्ज नगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरे।

शनिवार वीरगन्जमा  आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा प्रवेश गराए।

मेयर सरावगीले जसपाले जातिवादको राजनीति गरेको र पार्टीले राम्रा मान्छेलाई टिकाउन नसकेको आरोप लगाए।

उनले  जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन भन्दै भने 'राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

उनले जातिवादको राजनीतिलाई आरोप लगाए पनि स्थानीय राजनीतिबाट सके राष्ट्रिय नसके प्रदेश राजनीतिमा सक्रिय हुन उनी जसपाको विकल्प खोज्दै थिए। उनी एमालेमा प्रवेश गर्नु अगाडि कांग्रेस नेताहरूसँग छलफलमा थिए। कांग्रेसमा कुरा नमिलेपछि उनी मोती दुगडमार्फत एमालेको सम्पर्कमा आएका थिए।

फागुन २८, २०७८ शनिबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।