भन्सार एजेन्टको आजका लागि तय भएको परीक्षा स्थगित
काठमाडौंः उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ। परीक्षा आज दिउँसो २ बजेका लागि तय भएको थियो।
भन्सार विभागका अनुसार चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गरिएको हो। गत चैत १७ गते भन्सार एजेन्टको ६ सय ६० पदका लागि इजाजत पत्रका लागि दरखास्त आह्वान गरिएको थियो।
त्यसमा कुल ९ हजारले आवेदन दिएका थिए। परीक्षा अर्को सूचना नआउञ्जेल स्थगित गरिएपछि आवेदन दिएकाहरू अलमलमा परेका छन्।
फागुन २८, २०७८ शनिबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।