फेसबुक र इन्स्टाग्राममा रुसविरुद्ध हिंसात्मक अभिव्यक्ति दिन पाइने

फेसबुक र इन्स्टाग्राममा रुसविरुद्ध हिंसात्मक अभिव्यक्ति दिन पाइने

एजेन्सीः फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले हालै मात्र रुसविरुद्ध हिंसात्मक अभिव्यक्ति दिन पाइने गरी आफ्नो नीति परिवर्तन गरेको छ। रोयटर्सका अनुसार रुसले युक्रेनमाथि गरेको हमलाका कारण मेटाले यस्तो नीति अवलम्बन गरेको हो।

यो नीति केही देशहरूमा मात्र लागू हुनेछ। यसपछि रुसविरुद्ध, राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध र रुसी सेना साथै बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकाशेन्कोविरुद्ध पनि 'मृत्युको कामना' गर्दै अभिव्यक्ति दिन सकिनेछ।

मेटाले रुस, युक्रेन र पोल्याण्डमा यस्तो नीति अवलम्बन गर्ने तयारी गरेको छ।

मेटाका प्रवक्ताले यसबारे स्पष्टिकरण दिएका छन्। उनले भनेका छन्, 'रुसले युक्रेनमाथि गरेको हमलाको विरोधस्वरूप हामीले अस्थायी रूपमा हिंसात्मक अभिव्यक्तिविरुद्धको नीतिलाई हटाएका छौं। रुसी आक्रमणकारीको मृत्युको कामना गर्दै राजनीतिक अभिव्यक्ति दिन पाइनेछ। यद्यपि, हामी रुसी जनताविरुद्ध भने हिंसात्मक अभिव्यक्तिलाई अनुमति दिनेछैनौं।'

फागुन २७, २०७८ शुक्रबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।