अभिनेता राजेशको ट्रिक : आफैँ हल्ला गराउने, आफैँ कान छाम्नु भन्ने
काठमाडौँ : आफ्नै युट्युब च्यानलमा राखेको भ्लगमा काठमाडौँको सौन्दर्यबारे असन्तुष्टि जनाउँदै' मेयरको उम्मेदवार बन्दिउँ कि क्या हो' भनेका थिए अभिनेता राजेश हमालले।
उनको त्यही अभिव्यक्तिको आधारमा न्युजहरू बने। स्थानीय तहको निर्वाचनको चहलपहल बढेको छ। उम्मेदवारी घोषणाकोक्रम बाक्लिएको बेलामा हमालले आफ्नै च्यानलमा राखेको भ्लगको प्रोमोमा गरेको राजनीतिक कुरा समाचार बन्ने नै भए। बन्यो पनि।
तर २४ घण्टा नकट्दै हमालले राजनीतिमा आउनेबारे हल्ला मात्र भएको भन्दै उल्टो सुझाव दिए' कागको पछि नलाग्नु कान छाम्नु।'
बिहीबार आयोजित एक कार्यक्रममा सहभागी भएका उनलाई सन्चारकर्मीले यसबारे चासो राखे। महानायकलाई दर्शकले राजनीतिमा देख्न चाहेको भने। तर उनी यो व्यक्तिगत प्रश्न भएको र अर्कै प्रयोजनको कार्यक्रममा बोल्न ठिक नहुने भन्दै पन्छिए।
उनले राजनीतिमा आउने हल्ला हो भनेर कान छाम्न सुझाव त दिए तर कागले कान लग्यो भन्ने त उनी नै हुन् हैन र ?
फागुन २६, २०७८ बिहीबार २३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।