पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे
गौर : रौतहटको देवाही देखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्ष नपुग्दै कालोपत्रे भएको छ।
एमालेका स्थायी कमिटी सदस्य साहले गत वर्ष चैत १५ गते उक्त सडक खण्डको शिलान्यास गरेका थिए। करीब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भैरहेको छ। सडकमा कालोपत्रे पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
पूर्वमन्त्री समेत रहेका साहको अभियानको रूपमा रहेको गाउँलाई 'हाइवेसंग जोड्ने योजना' अन्तर्गत देवाहीस्थित लालबकैया पुलदेखी गौर-चपुर हाइवेको खेसरहियासम्म जोडिने उक्त सडक बिना कुनै मुआब्जा जनताको सहयोगमा निकालिएको थियो। सोही सडकखण्डमा पर्ने लकदेई नदीमा पूर्वमन्त्री साहकै पहलमा पुल समेत निर्माण भएको छ।
फागुन २६, २०७८ बिहीबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।