युक्रेनमा जैविक हतियार रहेको रुसको दावी, अमेरिकाद्वारा अस्वीकार

युक्रेनमा जैविक हतियार रहेको रुसको दावी, अमेरिकाद्वारा अस्वीकार

एजेन्सीः युक्रेनमा अमेरिकी अनुदानमा रासायनिक र जैविक हतियारहरू रहेको रुसको दावी रहेको छ। रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक जीवाणुहरू फैलाएको बताएका थिए।

यता अमेरिकाले भने रुसी दावीलाई अस्वीकार गरेको छ। आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार रुसले झुट फैलाएको बताएको छ।

"क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको भन्ने स्पष्ट झुट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्रहरू प्रतिध्वनित गरेका छन्", अमेरिकी विदेश मन्त्रालयले बताएको छ।

फागुन २६, २०७८ बिहीबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।