कफी विथ करनको नक्कल फ्लप भो, एमटिभी हसलको नक्कल के होला !
काठमाडौँ : रियालिटी शो बनाउन सक्रिय ओएसआर रियालिटीले र्याप गीत सम्बन्धी नयाँ शो नेपहपको श्रीपेचको प्रसारण सुरु गरेको छ।
उसले आफ्नो डिजिटल प्लेटफर्म युट्युबबाट कार्यक्रमको प्रसारण सुरु गरेको हो। गिरीश खतिवडा, बालेन र मानस घले निर्णायक रहेको कार्यक्रममा सहभागीलाई अन्य पाँच र्यापरले मेन्टर गर्नेछन्।
आयोजकका अनुसार डिजिटल अडिसनमा आठ हजार भिडियो आएका थिए। तीमध्ये ६ सयले प्रत्यक्ष अडिसन दिनेछन्। कार्यक्रमको विजेताले १० लाख र वल्ड टुर र फस्ट रनरअपले पाँच लाख जित्नेछन्।
ओएसआर रियालिटीले डान्सिङ रियालिटी शो डान्स च्याम्पियन समेत बनाएको छ। तर शो त्यति पपुलर हुन सकेन। टक शो कफी र कोइराला डिजिटल प्लेटफर्ममै प्रसारण भइरहेको छ। कफी विथ करनबाट प्रभावित कार्यक्रमको जम्न सकेन।
र्याप ब्याटल हुने गरे पनि छुट्टै रियालिटी शो भने पहिलो पटक हो नेपालमा। भारतमा एमटिभी हसल कार्यक्रम प्रशारण हुने गरेको छ। नेपहपको श्रीपेचको सेट र कार्यक्रमको सेटअप हसलबाट प्रभावित देखिन्छ। हसल निकै चर्चित छ। नेपहपको श्रीपेचले ओएसआरको फ्ल्पयात्रा रोक्ला त !
फागुन २५, २०७८ बुधबार २३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।