कलाकार पल्पसाको मिर्गौला प्रत्यारोपण

कलाकार पल्पसाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ : कलाकार पल्पसा डङ्गोलको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधवार उनको मिर्गौला प्रत्यारोपण भएको हो।

कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले दिएको जानकारी अनुसार प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा रहेको चिकित्सक टोलीले ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण गरेका हुन्।

चिकित्सक टोलीमा प्रा.डा.उत्तम कुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा. डा. पवन बस्याल, प्रा.डा.भोजराज लुइँटेल लगायत थिए।

मिर्गौला बिग्रिएर नियमित डायलासिस गराउँदै आएकी उनलाई आफन्त अजु डङ्गोलले मिर्गौला दिएका हुन्। चम्सुरी उपनामले परिचित कलाकार पल्पसालाई हप्ता दिन आइसियुमा राखिने खड्काले जानकारी दिएका छन्।

फागुन २५, २०७८ बुधबार २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।