डेङ्गु, चिकनगुनिया र जिकाको निःशुल्क पीसीआर परीक्षण हुने
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिए।
उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन पनि आग्रह गरेका छन्। यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ।
प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले विदेशबाट आएका तथा लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको बताए।
निःशुल्क परीक्षण हुने तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन्।
फागुन २५, २०७८ बुधबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।