कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने
सुर्खेतः कर्णाली प्रदेशको आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने भएको छ। प्रदेशका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको हो।
जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन्। यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८०, रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन्।
मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ। यता हुम्लाको चङ्खेली गाउँपालिका–६ रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ।
आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डीपीआर) तयार भई घर निर्माणको चरणमा गएको हो।
फागुन २५, २०७८ बुधबार १२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।