पाँच हजार मानिस सुरक्षितसाथ निस्किए युद्धप्रभावित सुमी शहरबाट

पाँच हजार मानिस सुरक्षितसाथ निस्किए युद्धप्रभावित सुमी शहरबाट

एजेन्सीः युक्रेनको युद्धप्रभावित सुमी शहरबाट पाँच हजार मानिसलाई सुरक्षितसाथ शहरबाहिर निकालिएको छ। युक्रेनी अधिकारीका अनुसार यो नै पहिलो सफल 'मास इभाक्युएशन' हो।

यस्तै एक हजार कारमा पनि मानिसहरू शहरबाहिर निस्किएका छन्।

रुसले हाल मानवीय कोरिडोर स्थापना गर्ने भन्दै केही शहरमा युद्धविरामको घोषणा गरेको छ। यद्यपि, युद्धविरामकै बीच पनि गोली चलाइएको भन्दै युक्रेनी अधिकारीहरूले विरोध गर्दै आएका थिए।

सुमी शहर भने पछिल्लो केही दिनयता भीषण हमलामा परेको र युक्रेनबाट करिब-करिब रुसको कब्जामा आइसकेको थियो। 

सुमीबाट सुरक्षितसाथ निकालिएका सर्वसाधारणलाई पोल्टाभा शहरमा लगिएको छ।

फागुन २५, २०७८ बुधबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।