हलिउड स्टार लियोनार्डोद्वारा युक्रेनलाई १० मिलियन डलर सहयोग
एजेन्सीः हलिउड सुपरस्टार तथा अस्कर विजेता कलाकार लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन्। रुसविरुद्ध युद्धमा सहयोग गर्न लियोनार्डोले १० मिलियन डलर (एक अर्ब २२ करोड रुपैयाँ) सहयोग गरेका हुन्।
लियोनार्डोले आफ्नो भावनात्मक सम्बन्धका कारण युक्रेनलाई सहयोग गरेका हुन्। उनको मावलीपट्टीको हजुरआमा युक्रेनी थिइन्। उनको जन्म यक्रेनको ओडेसामा भएको थियो। तर पछि उनी जर्मनीमा बसाइँ सरेकी थिइन्।
लियोनार्डोकी हजुरआमासँग उनको निकै गहिरो सम्बन्ध थियो। सन् २००८ मा उनको देहान्त हुनुअघि पनि लियोनार्डोको हरेक फिल्मको प्रिमियरमा उनी सहभागी हुन्थिन्।
'टाइटानिक' फिल्मबाट विश्वभर चर्चित भएका लियोनार्डोले 'रेभिनेन्ट' फिल्मबाट उत्कृष्ट अभिनयमा अस्कर जितेका थिए।
फागुन २५, २०७८ बुधबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।