सर्वाधिक प्रतिबन्धित मुलुक बन्यो रुस
एजेन्सीः रुस सबैभन्दा बढी प्रतिबन्ध लगाइएको मुलुक भएको छ। प्रतिबन्ध नियामक साइट क्यास्टेलमका अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै सबैभन्दा बढी प्रतिबन्ध लगाइएको मुलुक भएको हो।
सन् २०२२ को फेब्रुअरी २२ सम्ममा रुसमाथि दुई हजार सात सय ५४ प्रतिबन्ध लगाइएको साइटले उल्लेख गरेको छ। यस्तै फेब्रुअरी २२ यता दुई हजार सात सय ७८ थप प्रतिबन्ध लगाउँदै रुस कुल पाँच हजार पाँच सय ३२ प्रतिबन्धसहित शीर्ष स्थानमा आएको हो।
यसअघि कुल तीन हजार ६ सय १६ प्रतिबन्धसहित इरान सबैभन्दा बढी प्रतिबन्ध खेप्ने मुलुकको रूपमा रहेको थियो।
रुसमाथि लगाइएको प्रतिबन्धमध्ये अमेरिका एक्लैले २१ प्रतिशत हिस्सा ओगटेको छ। यस्तै बेलायत र युरोपियन युनियनले कुल १८ प्रतिशत हिस्सा ओगटेका छन्।
युक्रेनमाथि अमानवीय हिसावले युद्ध छेडेको भन्दै विभिन्न मुलुकले रुसमाथि प्रतिबन्ध लगाएका छन्।
फागुन २४, २०७८ मंगलबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।