रोडिजमा दियाले इमानमा शंका गर्दा आउट भइन् अनुशा

रोडिजमा दियाले इमानमा शंका गर्दा आउट भइन् अनुशा

काठमाडौँ : जब टिम लिडरले नै इमान्दारीतामा प्रश्न गर्छन् नि त्यो बेलामा अन्य साथीले कहाँ साथ दिन्छन् र। प्रनिशा जो हिमालयन रोडिजको सिजन ४ मा सबैभन्दा कम उमेरकी प्रतियोगी थिइन् उनी टिम लिडर दिया मास्केको प्रतिक्रियाका कारण आउट भइन्।

टाक्स राम्रो भए पनि अन्तमा काट्ने तार छान्न भएको गल्तीमा दियाले टिम प्रति नै अनुशामा विश्वास नभएको झैँ प्रतिक्रिया दिइन्। अनदस्पट भोट आउटमा उनी नै टार्गेटमा परिन् र आउट भइन्। त्यसमा उनको ब्लेम गेमले पनि काम गर्यो।

उनले नसिमलाई टार्गेट गरेर एक भोट दिँदा अर्को टिमको दिवेश जोगिए। उनी आउट भइन्।

एपिसोड १३ को टाक्स ग्राहै थियो। चेक पोइन्ट पार गर्न अनेक बाधा थिए। पहिलो पाँच वटा खुर्सानी, अनि २ बोतल पानी मुखबाट बोतल ननिकाली। तेस्रोमा भुईँ सफा बनाउने। चौथोमा पजल नम्बर। पाँचौमा रेडबुल खाएर टिम लिडरको ज्यानमा बाँधेको बम डिफ्युज गर्ने।

त्यसमा रङ्गको खेल थियो। जुन रङको टिम हो त्यो नकाट्ने। अनुशाले बुझिनन् पहेँलो काटिन् र गेम फेल भयो। तर दियाले शङ्का गरिन् टिमप्रतिको इमानदारितामा।  तार काट्ने गल्ती बाहेक बाँकी टाक्स गजब थियो।

वाइल्ड कार्ड इन्ट्रीपछि अनुपविक्रमको रेड टिम बलियो बनेको छ। प्रनिशा त भइहालिन् नसिम र सन्देश आउँदा लक नि लागिराछ। त्यसैले त लगातार जितिराखेका छन् अनुपले। १२ नि जिते अनि १३ औँ एपिसोड पनि जिते। इम्युन २ जनाले पाए। नशिम डेन्जर जोनमा परे पनि टिम गेमले जोगिए।

तर दियाको समूहबाट अनुशा आउट हुनुमा पहिलो दियाको नकारात्मक प्रतिक्रिया कारण थियो नै। दोस्रो उनले भोट चयन गर्न सकिनन् र भोट खेर हाल्दा आफै बाहिरिइन्। 

फागुन २४, २०७८ मंगलबार ०१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।