आइटी पार्कको शिलान्यास गर्न गएका मन्त्री पर्खालको शिलान्यास गरेर फर्किए
पोखरा : गण्डकी प्रदेशमा आइटी पार्क निर्माणको शिलान्यास गर्न गएका गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्कको पर्खालको शिलान्यास गरे।
करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको निर्माणको शिलान्यास गर्न गएका उनले पर्खालको शिलान्यास गरेका हुन्। पर्खालको शिलान्यास गर्नु आइटी पार्क निर्माणको कार्य अगाडि बढेको मन्त्री थापाले दाबी गरे।
‘पर्खाल निर्माणको शिलान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको छ’,उनले भने,‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदन तयार गर्ने र आइटी पार्क निर्माण कार्यलाई पूर्णता दिन प्रदेश सरकार प्रतिबद्ध छ।’
पोखरा महानगरपालिकाबाट ९६ रोपनी जग्गा गण्डकी सरकारको मातहतमा आएसँगै तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइटी पार्क निर्माणको तयारी थालेको थियो।
मन्त्री थापाले पार्क निर्माणका लागि प्रदेश सरकारले अब ढिलाइ नगर्ने बताए। उनले सूचना प्रविधि पार्कको सहज पहुँच प्रत्येक प्रदेशवासीलाई पुर्याउने उद्देश्य स्वरूप प्रदेश सरकार अगाडि बढी रहेको उल्लेख गरे। मन्त्री पार्क निर्माण कार्यमा स्थानीयको सहयोग सबैभन्दा महत्त्वपूर्ण भएको भनाई उनको छ।
‘स्थानीयको सहयोग बिना आइटी पार्क निर्माण कार्यलाई गतिशीलता दिन हामी असमर्थ छौँ’,मन्त्री थापाले भन्ने, ‘आशा छ सबैको सहयोग मिल्नेछ।’
फागुन २३, २०७८ सोमबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।