मुद्दा हालेर परमादेशी सरकार बनाउन पाउने भएपछि निर्वाचनको औचित्य सकियो : ओली

मुद्दा हालेर परमादेशी सरकार बनाउन पाउने भएपछि निर्वाचनको औचित्य सकियो : ओली

पोखरा : एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हालेर अदालतबाट परमादेशी सरकार बनाउन पाउने भएपछि निर्वाचनको औचित्य सकिएको टिप्पणी गरेका छन्। 

सोमबार पोखरामा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले मुद्दा जितेर सरकार बनाउन पाउने भएपछि निर्वाचनको औचित्य सकिएको बताएका हुन।

उनले भने ‘मुद्दा हालेर अदालतबाट परमादेशी सरकार बनाउन पाएपछि निर्वाचन किन चाहियो डेमोक्रेसी किन चाहियो। मुद्दा हाल्दै परमादेशबाट सरकार चलाए भैगो नि। सरकार परिवर्तन गर्ने थलो अदालत होइन।’

अध्यक्ष ओलीले मुद्दा जितेर सरकार पाउने भएपछि सिमानाको झगडाभन्दा पनि पनि सानोजस्तो भएको आरोप लगाए। ओलीले सरकारले अर्थतन्त्र र परराष्ट्र नीति ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको आरोप लगाए।

उनले भने, ‘अहिले देशको अर्थतन्त्रको हालत यस्तो छ। विभिन्न देशसँगको परराष्ट्र सम्बन्ध बिग्रिएको छ। तर, सबै चुपचाप छन्।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममाथि छुट्टिएकाले नै एकीकृत नाम राखेको भन्दै व्यङ्ग गरे।

उनले आफू सरकारमा भएको बेला रुखबाट पात खस्यो भने पनि दोष दिने बुद्धिजीवीहरू अहिलेको सरकारले गरेका काम देखेर पनि चुपचाप बसेको आरोप लगाए।

फागुन २३, २०७८ सोमबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।