बस दुर्घटनामा ज्यान गुमाएका चालकको परिवारलाई १५ लाख
बुटवल : दुर्घटनाबाट मृत्यु भएका चालकका आश्रित परिवारलाई पश्चिम नेपाल बस व्यवसायी प्रालिले १५ लाख हस्तान्तरण गरेको छ।
प्रालिले मङ्सिर १५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका काहुलेमा दुर्घटनामा परि मृत्यु भएका बस चालक भूपराज खनालकी श्रीमती माया खनाललाई १५ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो। उक्त रकमको चेक प्रालिका अध्यक्ष दधिराम खरेलले माया खनाललाई हस्तान्तरण गरेका हुन्।
प्रालिले प्रालिमा आबद्ध मजदुर र व्यवसायीको निधनपछि आश्रित परिवारमा जीविकोपार्जनमा समस्या नआओस् भनेर बिमा कम्पनी र प्रालिको आन्तरिक स्रोतबाट रकम उपलब्ध गराउँदै आएको छ। प्रालिका कोषाध्यक्ष मोहन पिएसका अनुसार खनालका आश्रित परिवारलाई १० लाख दुर्घटना बिमा बापतको रकम र ५ लाख मजदुर बिमा बापतको रकम हस्तान्तरण गरिएको बताए।
लु १ ख ७७६६ नम्बरको यात्रुवाहक बसका चालक भूपनाथ खनालको गएको मङ्सिर १४ गते भैरहवाबाट बागलुङ जाँदै गर्दा पोखरा पर्वत सडक खण्डको काहुलेमा दुर्घटनामा ज्यान गएको थियो।
फागुन २३, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।