युक्रेनसँग भिड्न सिरियाली भाडाका सेना भर्ती गर्दै रुस
एजेन्सीः रुसले सिरियाली भाडाका सेना भर्ती गरेको अमेरिकाले आरोप लगाएको छ। रुसले युक्रेनका प्रमुख शहरमाथि कब्जा जमाउन शहरी लडाइँमा पोख्त सिरियाली भाडाका सेना भर्ती गरिरहेको अमेरिकी सञ्चारमाध्यम वालस्ट्रिट जर्नलमा उल्लेख गरिएको छ।
अमेरिकी गुप्तचर अधिकारीहरूले यसबारे धेरै खुलासा नगरे पनि थुप्रै सिरियाली भाडाका सेना रुस पुगिसकेको र युक्रेनमा तैनाथ हुन तयारी गरिरहेको बताएका छन्। के कति भन्ने सङ्ख्या भने खुलाइएको छैन।
यस्तै रुसले ती भाडाका सेनालाई ६ महिनाका लागि 'यक्रेन जान र सुरक्षागार्डको रूपमा काम गर्न' दुई सयदेखि तीन सय डलरसम्म पारिश्रमिक प्रस्ताव गरेको पनि बताइएको छ।
यता युक्रेनको पक्षमा भने इजरायली दिग्गन सैनिकहरूले लडिरहेको बीबीसीमा उल्लेख छ।
फागुन २३, २०७८ सोमबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।