साथी पलबारे अभिनेता पुष्पले भने : गम्भीर विषय हो, धेरै नबोल्दा ठिक होला

साथी पलबारे अभिनेता पुष्पले भने : गम्भीर विषय हो, धेरै नबोल्दा ठिक होला

काठमाडौँ : पल शाहसँगै करिअर सुरु गरेका अभिनेता पुष्प खड्का निकै अनुभवी देखिए पल प्रकरणमा टिप्पणी गर्दा। आइतबार काठमाडौँको एक कार्यक्रममा अभिनेत्री निरुता सिंहसँगै देखिएका उनलाई रङ्ग पत्रकार जो बढी युट्युब केन्द्रित छन् उनीहरूले पल शाहको बारेमा सोधी हाले।

प्रतिक्रिया दिने बेलामा उनी निकै संवेदनशील देखिए। पहिलो कुरा उनले पीडितबारे जानकार हुँदा पनि नाम नलिई गोपनीयता कायम गरे। दीपकराज गिरी, एलिना चौहानझैँ समर्थन गरेझैँ गरेर पीडितको नाम सार्वजनिक गरेनन्।

दोस्रो उनी युट्युबवरले ' पलको विषयमा फिल्म क्षेत्रले केही निर्णायक निर्णय गरिदेओस् भन्ने लाग्दैन' भन्ने निरर्थक प्रश्नमा फसेनन्। ' हाम्रो हातमा केही छैन। हामीले त भन्ने न हो। अब जे छ कानुनको हातमा छ भने। जुन सत्य पनि हो।

उनले दुवैको भलो होस् भने। तर केसको प्रकृतिमा दुवैको भलो सम्भव छैन। उनले केस पनि बुझेका रहेछन्। त्यसैले त पहिल्यै 'यो सेन्सेटिभ केस हो' भने। जबकि एकाध बाहेक अन्य कलाकारले अझै यसलाई गम्भीर रूपमा लिएको देखिएको छैन।

'उहाँहरू बिच प्रेम भएको देखिन्छ। त्यो बिचमा कस्तो उतारचढाव आयो किन सम्बन्ध बिग्रियो त्यो उहाँहरूको व्यक्तिगत कुरा हो। दुवै निर्दोष साबित भइदियोस्। यही राम्रो' उनले भने।

आरोपी र पीडित दुवैको राम्रो त कहाँ सम्भव छ र यो केसमा। मुद्दा गाली गलौचको हैन, नाबालिग बलात्कारको हो। 

उनले यसलाई चलचित्र क्षेत्रको लागि दुखद घटना भन्दै भने' अब सबै कानुनको हातमा छ। यो बारे मौन बस्दा नै ठिक होला।' सातदिन देखि प्रहरी हिरासतमा रहेका उनको आइतवार मात्र १२ दिन म्याद थप भएको छ।

फागुन २३, २०७८ सोमबार ०१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।