तयारी नपुगेपछि माओवादी केन्द्रको बैठक स्थगित

तयारी नपुगेपछि माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौंः माओवादी केन्द्रको आइतबार बिहान बोलाइएको केन्द्रीय कमिटीको बैठक भोलिका लागि सरेको छ। आवश्यक तयारी नपुगेको र स्थायी कमिटी बैठक बस्नुपरेको कारण केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। 

केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा पर्याप्त तयारी नपुगेको कारण बैठक सर्ने भएको हो। माओवादीले केन्द्रीय कमिटीमा रिक्त रहेका सदस्य पूर्ति गर्नुका साथै पोलिटब्यूरो तथा स्थायी कमिटी गठनको कार्यसूची आजको बैठकका लागि तय गरेको थियो। 

अहिले पूर्वस्थायी कमिटीको बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसिरहेको सापकोटाले जानकारी दिए।

फागुन २२, २०७८ आइतबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।