भोलि रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता हुने
एजेन्सीः रुस र युक्रेनबीच सोमबार पुनः शान्ति वार्ता हुने भएको छ। यसअघिका दुई वार्ता निष्कर्षविहीन भएपछि पुनः तेस्रो चरणको वार्ता हुन लागेको हो।
यसअघि युक्रेन र बेलारुसको सीमामा वार्ता भए पनि यसपटक भने वार्ता हुने स्थान खुलाइएको छैन। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसान सामाजिक सञ्जालमार्फत दिएका हुन्।
दुवै पक्ष तेस्रो चरणको वार्ताबाट निष्कर्ष निस्कनेमा विश्वस्त छैनन्। दुवै पक्ष आ-आफ्नो मागमा अडिग छ।
फागुन २२, २०७८ आइतबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।