रुस-युक्रेन युद्धले दोस्रो युद्धपछि धेरै शरणार्थी बन्ने

रुस-युक्रेन युद्धले दोस्रो युद्धपछि धेरै शरणार्थी बन्ने

एजेन्सी : संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले दोस्रो रुस र युक्रेनको युद्धका कारण विश्वयुद्धपछि युरोपमा शरणार्थी सङ्कट देखिएको बताएको छ। युएनएचसिआरका प्रमुखले रोयटर्ससँग कुरा गर्दै रुस र युक्रेनबिचको लडाइबाट प्रभावित भएर भाग्नेहरूको सङ्ख्या चाँडै १५ लाख पुग्ने बताएका छन्।

रुसको आक्रमणपछि १३ लाख नागरिकले युक्रेन छाडेर भागिसकेका छन्। पोल्यान्डले युद्धको प्रभावका कारण युक्रेन छाडेर भागेका आधाभन्दा बढी शरणार्थीलाई शरण दिएको बताएको छ।

तर जो पोल्यान्ड पुगेका छन् उनीहरू त्यही बस्ने योजनामा देखिएका छैनन्। युएनएचसिआरका अनुसार रोमानियामा पहिला दुई लाख शरणार्थी पुगेका थिए। तर अहिले त्यहाँ ६० हजार हारहारीमा मात्र शरणार्थी रहेका छन्। एक लाख ४० हजार शरणार्थी अन्यत्र गरेको उसले बताएको छ।

फागुन २१, २०७८ शनिबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।