ललितपुरमा एयर गन सहित समातिए जोन
ललितपुर : ललितपुर महानगरपालिका-१० ज्वागलमा ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागू औषध म्याथ-एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक, एयर गन सहित पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१० चाकुपाटमा खटिएको प्रहरीले बा.८५ प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेरचनलाई ३ ग्राम अवैध लागू औषध आइस जस्तो देखिने सेतो पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागू औषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।
जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरेर प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
फागुन २१, २०७८ शनिबार २१:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।