रुसले घोषणा गर्यो अस्थायी युद्धविराम, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान दिइने
एजेन्सीः रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ। युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हो।
रुसी रक्षा मन्त्रालयका अनुसार यी दुई शहरमा मानवीय कोरिडोर शनिबार ७:०० जीएमटी (ग्रिनवीच मिन टाइम)मा खुल्नेछ। युक्रेनको पक्षबाट भने यसबारे कुनै आधिकारिक पुष्टि गरिएको छैन।
यसअघि मरियपोलका मेयरले युद्धबीच मानवीय कोरिडोर स्थापनाका लागि माग गरेका थिए। मरियपोल महत्त्वपूर्ण दक्षिण बन्दरगाह रहेकाले रुसी सेनाले कब्जा गर्ने प्रयास गरिरहेको छ।
हालसम्म युक्रेनमाथि रुसले हमला गरेयता करिब १२ लाख मानिसले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
फागुन २१, २०७८ शनिबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।