लप्पन छप्पन- २: नमिलेको सिक्वेन्स, गञ्जागोल कथा
देशमा चुनावको माहोल छ। सत्ताको लागि नेतादेखि व्यापारीसम्मको लबिङ चलिरहेको छ। चुनावमा खर्च गर्न तीन सय मिलियन डलर पेरिसबाट नेपाल भित्रदैछ। पैसा नेपाल पठाउने व्यक्ति हुन्- गडफादर (अनुपविक्रम शाही)।
यता प्रतापजङ्ग राणा (शिव श्रेष्ठ) किङ्स ग्रुप अफ कम्पनीजका सञ्चालक हुन्। उनका एकलौटी सन्तान हुन्- पारसजङ्ग राणा (सौगात मल्ल)। प्रताप छक्कापन्जा नजानेका व्यवसायी हुन् भने उनका छोरा ठीकविपरीत।
उनी जल्दै गरेको चिताबाट चुरोट सल्काउँछन्, मानवता उनको मनमा पटक्कै छैन। उनी बुवालाई पुरानो जमानाको देख्छन्।
यत्तिकैमा पारस साथीसँग मिलेर नयाँ व्यवसाय थाल्छ। तर त्यहाँ गडबढ हुन्छ। छोराको कारण बुवा जेल पर्ने सम्भावना भएपछि ऊ अरूबाट प्रयोग हुन बाध्य हुन्छ।
फिल्मको कथा तीन सय मिलियन डलर नेपाल ल्याउने पक्ष र रोक्ने पक्षबीचको द्वन्द्व हो। तर कथा निकै गुजुल्टिएको छ।
आफ्नै व्यवसाय गरिरहेको पारसजङ्ग राणा कसरी तीन सय करोडसँग जोडियो? यसको नायक को, खलनायक को? फिल्ममा कहाँ, कसको, कोसँग लप्पन छप्पन भयो? यी सबैको जवाफ फिल्म हलमा पाइन्छ। नेपालभरका हलहरूमा फिल्म प्रर्दशन भइरहेको छ।
०००
फिल्मको मुख्य थिम ‘मनी इज पावर, पावर इज एभ्रिथिङ’ भन्ने नै हो। अर्थात पैसा शक्ति हो र शक्ति नै सबथोक हो।
भेष बदल्न सिपालु सौगातको गेटअपले खतराको तरङ्ग पैदा गर्छ। उनको लट्टे कपाल र टाउकोको ट्याटु पात्रसुहाउँदो छ। अनुपविक्रमको गेटअप, आँखा र दाँतले थ्रिल पैदा गराउँछ। अर्पणको गेटअपले उनले संवाद नबोल्दै दर्शक हसाउँछ।
सुँगुरको मास्कभित्र लुकेको साइकोपाथ अपराधीको पैसा चोर्ने योजनामा बनेको फिल्म थियो, लप्पन छप्पनको पहिलो भाग। हलमा खासै व्यापार गर्न नसके पनि युट्युबमा यसलाई दर्शकले माया गरेका थिए।
लप्पन छप्पन- २ मा पनि परम्परागत नेपाली फिल्मको धार कमै छ। कहिले साउथ इण्डियन, कहिले हलिउड त कहिले बलिउडको भाइब्स फिल्मले दिन्छ।
तर सबै ठाउँको स्टाइललाई फिल्मले 'लप्पन छप्पन' गर्दै एकै ठाउँमा 'गोलमाल' गरेको छ।
अभिनयमा खोट लगाउने ठाउँ छैन। सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापाको अभिनय राम्रो छ। तुलना गर्ने हो भने, सौगात र अनुपलाई अर्पणले छायामा पारेको भान पनि हुन्छ।
किनभने उनी पर्दामा देखिएसँगै दर्शकको ओठमा मुस्कान आफैँ आउँछ।
फिल्मको कथावस्तु नै गञ्जागोल छ। एकचोटी हेरेर फिल्मको कथा बुझिदैन। आँखा झिमिक्क पार्दा कथा कता पुग्छ, पत्तै हुँदैन।
तीबाहेक अन्य कलाकारको अभिनय औसत छ। अभिनेता शिव श्रेष्ठले बुवाको भूमिका राम्रै निभाएका छन्।
फिल्मको व्याकग्राउण्ड म्युजिकमा राम्रो काम भएको छ। सङ्गीतको प्रयोग उचित ठाउँमा हुँदा त्यसले अभिनयलाई पनि जीवन्त बनाएको छ।
कलरिङको पाटोमा पनि फिल्मले मेहनत गरेको छ। केही ठाउँमा भने अनावश्यक रूपमा रङ्गहरू खेलाइएको छ।
उदाहरणका लागि, रायनको रखेल भनिने कर्कसाले पारसजङ्ग राणाको परीक्षा लिएको दृश्य। उनले गणना गर्दा हरेक पटक रातो रङ्गको प्रकाश आउँछ। यसलाई 'थ्रेट' अर्थात खतराको रूपमा देखाउँदा राम्रो देखियो।
नामको पछाडि अङ्क थप्दैमा सिक्वेल बन्दैन, कथा पनि मिल्नुपर्छ। यो कुरा हाम्रा फिल्मकर्मीलाई पत्तो नै छैन भन्ने यो फिल्मले पुष्टि गरेको छ।
तर पूरै फाइट सिनमा पर्दालाई रातो बनाइएको छ। फरक रेड टोनमा देखाउँदा त्यसले बहादुरी झल्काउन सक्थ्यो, तर एकै प्रकारको टोनले दृश्यलाई फितलो बनाएको छ। दृष्य पनि चाहिने भन्दा लामो छ।
फिल्मको गज्जवको पाटो चाहिँ गेटअप हो। भेष बदल्न सिपालु सौगातको गेटअपले खतराको तरङ्ग पैदा गर्छ। उनको लट्टे कपाल र टाउकोको ट्याटु पात्रसुहाउँदो छ। अनुपविक्रमको गेटअप, आँखा र दाँतले थ्रिल पैदा गराउँछ। अर्पणको गेटअपले उनले संवाद नबोल्दै दर्शक हसाउँछ।
फिल्ममा सिनेमाटोग्राफी राम्रो छ। चार देशका शहर र समुन्द्रको छालको दृश्यले आँखा शीतल बनाउँछ।
तर सबैजसो नेपाली फिल्ममा देखिने कमजोरी यसमा पनि दोहोरियो।
लप्पन छप्पनको अन्त्य ‘दि डेन्जरस गेम इज अबाउट टु बिगिन’ अर्थात खतरनाक खेल सुरु हुनेवाला छ लेखेर भएको थियो। त्यसैले पनि लप्पन छप्पन- २ मा खेल खतरनाक हुने अनुमान थियो।
फिल्मको कथावस्तु नै गञ्जागोल छ। एकचोटी हेरेर फिल्मको कथा बुझिदैन। आँखा झिमिक्क पार्दा कथा कता पुग्छ, पत्तै हुँदैन।
फिल्म सुरु हुन्छ राजनीतिबाट, बीचमा व्यापार र ग्याङस्टरको उदय हुन्छ र अन्त हुन्छ अपराधसँग। पटकथामा सिक्वेन्स मिलाउनै धौधौ परेको छ।
चमेरो पात्र कुन हो भन्ने नै कन्फ्युज बनाएर फिल्मको अन्त्य भएको छ। कसले कोसँग कसरी लप्पन छप्पन गर्यो भन्ने बुझ्नै कठिन छ।
फिल्मको प्रिक्वेलसँग तुलना गर्ने हो भने सिक्वेलको कथा कमजोर छ। निर्माण टोलीले सिक्वेल बनाउन मात्रै फिल्म बनाए जस्तो लाग्छ। नामको पछाडि अङ्क थप्दैमा सिक्वेल बन्दैन, कथा पनि मिल्नुपर्छ। यो कुरा हाम्रा फिल्मकर्मीलाई पत्तो नै छैन भन्ने यो फिल्मले पुष्टि गरेको छ।
अर्को कमजोर पक्ष, फिल्ममा द्विअर्थी शब्दको प्रयोग पनि हो। चमेरो पात्र यति धेरै शक्तिशाली हुँदाहुँदै पनि द्विअर्थी संवाद बोलाइएको छ। यसले केही समय दर्शक त हसाउँछ तर फिल्मको वजन पनि घटाउँछ।
फागुन २१, २०७८ शनिबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।