अमिताभ बच्चनले 'हाइट'माथि मजाक गरेपछि शाहरुखले भने, 'मसँग अग्ली श्रीमती छे'

अमिताभ बच्चनले 'हाइट'माथि मजाक गरेपछि शाहरुखले भने, 'मसँग अग्ली श्रीमती छे'

एजेन्सीः बलिउडका दुई हस्ती अमिताभ बच्चन र शाहरुख खान हालै एक भिडियोमा एकअर्काको मजाक उडाइरहेको देखिन्छ। थुप्रै फिल्ममा सँगै काम पनि गरिसकेका उनीहरू एकअर्काको उँचाइलाई लिएर मजाक उडाइरहेका हुन्छन्।

तर भिडियो अहिलेको होइन, सन् २००५ को हो। र उनीहरू दुवै पुगेका थिए- कफी विद करण शोमा। अमिताभ 'ब्ल्याक' फिल्मको र शाहरुख 'मै हुँ ना' फिल्मको प्रोमोशनका लागि पुगेका थिए। त्यहाँ करण जोहर (होस्ट)ले अमिताभलाई सोध्छन्- 'तपाईंसँग त्यस्तो के छ जुन शाहरुखसँग छैन?'

उत्तर आउँछ- 'उँचाइ (शरीरको हाइट)'। 

अनि करणले यही प्रश्न दोहोर्याउँछन् शाहरुखलाई पनि। शाहरुखले जवाफ दिन्छन्, 'मलाई लाग्छ एउटी अग्ली श्रीमती'।

शाहरुखको यो जवाफ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दर्शकहरूले खुबै मन पराइरहेका छन्। 

फागुन २१, २०७८ शनिबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।