रुसमा बीबीसी प्रतिबन्धित !

रुसमा बीबीसी प्रतिबन्धित !

एजेन्सीः रुसमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'बीबीसी' प्रतिबन्धित गरिएको छ। बीबीसी रुसका अनुसार त्यहाँ वेबसाइट खुल्नमा समस्या आइरहेको छ।

यसबारे रुसले औपचारिकरूपमा भने पुष्टि गरेको छैन।

बीबीसीका अनुसार बीबीसी डटकमलाई प्रतिबन्धित साइटको सूचीमा पनि हालसम्म राखिएको छैन। तर रुसको सञ्चार प्राधिकरणले भने बीबीसीको रुसी सेवालाई सीमित बनाएको भनेर रुसको सरकारी समाचार एजेन्सी आरआईएले बताएको छ।

यता 'मेदुजा' र 'रेडियो लिबर्टी'लाई प्रतिबन्ध नै गरिएको एजेन्सीले जनाएको छ।

फेसबुर र गुगल प्ले स्टोरलाई पनि रुसमा प्रतिबन्ध लगाइएको बताइएको छ।

फागुन २०, २०७८ शुक्रबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।