रुसको हमलाले युरोपकै ठूलो आणविक प्लान्ट जेपोरिज्जियामा आगलागी

रुसको हमलाले युरोपकै ठूलो आणविक प्लान्ट जेपोरिज्जियामा आगलागी

एजेन्सीः युरोपकै ठूलो आणविक भट्टी (प्लान्ट)मा आगलागी भएको छ। रुसले युक्रेनमाथि हमला गर्दा युक्रेनको दक्षिणपूर्वी जेपोरिज्जिया शहरमा अवस्थित जेपोरिज्जिया आणविक प्लान्टमा आगलागी भएको हो।

युक्रेनका परराष्ट्रमन्त्री दिमत्रो कुलेबाका अनुसार हाल रुसी सेनाले आणविक प्लान्टमा चारैतर्फबाट हमला गरेको छ। उनले ट्वीटरमा लेखेका छन्, 'रुसले तत्काल हमला रोक्नुपर्छ। अग्नि नियन्त्रकलाई जान दिनुपर्छ र सुरक्षित क्षेत्र स्थापना गर्नुपर्छ।'

रुसी सेनाको उपस्थितिका कारण सो क्षेत्रमा अग्नि नियन्त्रकहरू पनि जान पाएका छैनन्। यो क्षेत्र रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको डोनेत्सकभन्दा दुई सय किलोमिटर पश्चिममा पर्छ।

फागुन २०, २०७८ शुक्रबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।