गाँजाको नशा, साधुको तमासा : रातमा पनि जागै छ पशुपति
दर्शनार्थीको चाप उस्तै छ। भाङ र गाँजाको नशामा लट्टिएका साधुहरूको रमिता सुरु भइसक्यो। 'बाबा शिव बुटी' भन्दै सर्को सापटी माग्नेहरू पनि उत्तिकै छन् पशुपति क्षेत्रमा।
हरेक वर्ष सुरक्षा निकायले शिवरात्रिमा गाँजा सेवन निषेध भन्छ तर कहिल्यै नियन्त्रण गर्न सक्दैन। शिवरात्रिमा सहभागी विशेष नागा बाबाहरूका लागि दैनिक खुराक हो गाँजा। साधु त भइगए। साधुसँगै धुनीमा बसेर चिलिम तान्नेहरूलाई प्रशासनले चाहेमा नियन्त्रण गर्न नसक्ने हैन। तर गर्दैन।
अरू त अरू बाबाको भेषमा पशुपतिमा बस्ने गाँजा व्यापारीहरूका लागि पनि छुट देखिन्छ शिवरात्रिको बहानामा गाँजा व्यापार गर्न।
फागुन १७, २०७८ मंगलबार २२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।