पशुपतिमा बागमती पुल भत्कियो, २ जना घाइते, एक अर्धचेत

पशुपतिमा बागमती पुल भत्कियो, २ जना घाइते, एक अर्धचेत

पुल भत्केर नदीमा खस्दा २ जना घाइते भएका छन्। घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट हुन्। एक जना अझै अर्धचेत छन्। घाइतेलाई अस्पताल नलगी भष्मेश्वर घाटमा राखिएको छ।

शिवरात्रिको समयमा पशुपति क्षेत्रको रौनक र साधु सन्त हेर्न निकै भिड लागेको छ। २ वर्षपछि शिवरात्रि खुल्ला रूपमा मनाउन प्रशासनले अनुमति दिएकाले दर्शनार्थीको पनि भिड बढेको थियो।

फागुन १७, २०७८ मंगलबार २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।