प्रचण्ड नारायणकाजीलाई भेट्न पुगे हात्तीवन
संसदबाट एमसिसी अनुमोदन गर्ने पार्टी निर्णयप्रति श्रेष्ठ असन्तुष्ट रहेका छन्। सत्ता गठबन्धन जोगाउने अन्तिम अस्त्रको रूपमा प्रचण्डले प्रयोग गरेको ‘व्याख्यात्मक घोषणा’लाई श्रेष्ठले सुनियोजित भ्रमका रूपमा व्याख्या गरेका छन्। अहिले उनीहरूबीच भेटवार्ता भइहरेको स्रोतको भनाइ छ।
एमसिसी सम्झौता संसद्बाट पारित गर्ने पार्टी निर्णयलाई लिएर माओवादी केन्द्रभित्र विवाद देखिएको छ। संसदबाट एमसिसी पारित भएपछि नेता श्रेष्ठ पक्षका नेताहरू असन्तुष्ट देखिएका हुन्।
माओवादीकै सहयोगमा संसदबाट एमसिसी पारित भएपछि श्रेष्ठले त्यो दिनलाई ‘कालो दिन’ नै घोषणा गरेका छन्. सोमबार पार्टीको एमसिसीबारे प्रस्टीकरण दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पनि श्रेष्ठप्रति लक्षित गर्दै टिप्पणी गरेका थिए।
फागुन १७, २०७८ मंगलबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।