कानुन बिपरित कृयाकलाप गर्दा सजाय भोग्नु पर्छ

नाबालिग गायिकाको बलात्कार गरेको अभियोगमा कलाकार पल शाह पक्राउ परेपछि केही कलाकारहरू पलको बचाउमा लागिरहेका बेला कलाकार लक्ष्मी बर्देवाले कानुन बिपरित कृयाकलाप गर्दा कानुनी सजाय भोग्नु पर्ने बताएकी हुन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कानुन विपरीत काम गर्दा कानुनी सजाय भोग्नुपर्ने बताएकी छिन्। उनले लेखेकी छिन्' यत्ती त बुझ्न सक्छौ नि, कानुन बिपरित कृयाकलाप गर्दा कानुनी सजाय भोग्नु पर्छ।'
उनले अगाडी लेखेकी छन्'मलाइ मन पर्ने मान्छे हो, होइन?, मेरो नजिक छ, छैनले यसलाइ फरक पर्दैन र पर्नु पनि हुदैन, प्रबृत्तिमाथीको आवाजलाई ब्यक्तिगत बनाउनु आफैमा मुर्खता हो।'
यसैगरी नयिका सञ्चिता लुइटेलले बालबालिकाहरूलाई टिकटकमा प्रयोग गरेको भन्दै अपत्ती जनाइन्। उनले सामजिक सञ्जालमा 'कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरु बन्द गर्न अग्रह गरेकी छन्।
उनले बालबालिका प्रयेग गरेको विषयमा लेखेकी छन्'पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेका छन्। यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्ताजनक कुरा हो।'
यस्तै उनले नाबालिग बलात्कार प्रकरणमा कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गर्न अग्रह गरेकी छन्।
उनले पछिल्लो समय बालबालिकालाई विभिन्न कुरामा जेडेको भन्दै सबैले यसबाट बालबालिकालाई टाढा राख्न र यसमा प्रहरी समेत सचेत हुन भन्दै लेखेकी छन्'खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं। यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु।'
लुइँटेलले नाबालिग बलात्कार प्रकरणमा दोषी कानुनले छुट्याउने भन्दै अदालतको फैसलालाइ कुर्न भन्दै अगाडी लेखेकी छन् 'दोषि र निर्दोषी छुट्याउने काम कानून र अदालतको हो। त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन ।'
उनले सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्दै फेसबुकमा लेखेकी छन्'सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्यायसम्पादनको प्रक्रिया प्रभावित नहोस भन्नेमा सबै सचेत रहनुपर्छ।'
फागुन १७, २०७८ मंगलबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।