११ तस्बिरमा पशुपतिनाथको रौनक
काठमाडौंः आज महाशिवरात्रि पर्व। पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ।
पशुपतिमा पहिलेको तुलनामा भारतबाट आउने साधुहरूको आगमन भने यसवर्ष कम भएको छ। यस्तै नागा बाबाहरू पनि यसवर्ष छिटपुट मात्र देखा परे।
एक साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनपश्चात् पशुपति क्षेत्रमा रङ्गरोगन तथा भगवानका चित्र कोरिएका थिए। भक्तजनहरू आज सोही चित्रअघि बसेर तस्बिर खिचाइरहेका थिए।
महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको थियो। आज करिब १० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ।
सदाझैँ पशुपतिमा साधुहरू गाँजा फुकिरहेको भने जताततै देखिन्थ्यो।
फागुन १७, २०७८ मंगलबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।