नाबालिगको पक्षमा बोलिन् रेखा: '२० वर्षमुनिका छोरीहरू बालिका भएकाले संरक्षण गर्नुपर्छ'
काठमाडौंः नायिका रेखा थापाले २० वर्षमुनिका छोरीहरू बालिका भएको र उनीहरूको संरक्षण हुनुपर्ने बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएकी हुन्।
उनले लेखेकी छिन्– "२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो।"
उनले कसको माया प्रेम को सँग र कसले के गरे भन्ने विषयमा कानुनलाई मतलब हुनु नहुने भन्दै अगाडि लेखेकी छिन्– "को सँग लभ छ? कति पटक यौन सम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन।"
उनले समाजमा भएको आडम्ब, नैतिक मापदण्ड र महिलाहरूलाई हिलो छ्याप्ने चलन लज्जाजनक भएको पनि बताएकी छिन्।
यस्तो छ रेखाको स्टेटस
फागुन १७, २०७८ मंगलबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।