युक्रुेनबाट आफ्ना नागरिक फिर्ता लग्दै चीन, रुसी आक्रमण भीषण हुने सङ्केत

युक्रुेनबाट आफ्ना नागरिक फिर्ता लग्दै चीन, रुसी आक्रमण भीषण हुने सङ्केत

एजेन्सीः युक्रेनस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ। युद्धग्रस्त युक्रेनबाट सोमबार चिनियाँ नागरिकको एक समूह फिर्ता भइसकेको छ।

युद्ध सुरु भएको पाँचौँ दिनमा बल्ल चीनले नागरिकलाई फिर्ता लैजानुलाई अर्थपूर्ण हिसावले हेरिएको छ। चीन रुसको महत्त्वपूर्ण साझेदार हो। अधिकांश मुलुकले रुसलाई प्रतिबन्ध र रुसको कदमको विरोध जनाइरहेको बेला चीन यस मामिलामा निकै नरम छ।

चीनको आशय हो- रुस चिढिनु हुँदैन। र रुसले आक्रमणलाई अझ भीषण बनाउने तयारी गरेको खण्डमा आफ्ना नागरिक पनि अफ्ठ्यारोमा पर्ने देखेपछि चीनले युद्धग्रस्त क्षेत्रबाट आफ्ना नागरिक फिर्ता लगेको हो।

अर्को पाँच दिनसम्म बेइजिङले कुर्नुको अर्थ हो- रुसले सजिलै युक्रेनमाथि कब्जा गर्ने चीनको आकलन। तर यो आकलन सफल भएन। युक्रेनले हरप्रयास गरेर रुसलाई रोक्न खोजिरहेको छ। रुसले सजिलै युक्रेनमाथि कब्जा जमाए, आफ्ना नागरिकलाई 'इभाक्युएट' गर्नै नपर्ने चीनले अनुमान गरेको थियो।

चीनको यो कदमले युक्रेनमा रुसको आक्रमण अब झन् भीषण हुने सङ्केत गरेको छ।

यसअघि आइतबार मात्र चीनले तत्काल नागरिक फिर्ता लैजान सुरक्षित नभएको बताएको थियो। युक्रेनमा करिब ६ हजार चिनियाँ नागरिक रहेको बताइएको छ।

फागुन १७, २०७८ मंगलबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।