६४ किलोमिटर लामबद्ध रुसी सेनाको कन्भोय किएभतर्फ, स्याटेलाइटले खिच्यो यस्तो तस्बिर
एजेन्सीः रुस र युक्रेनबीच जारी युद्धले तत्काल विराम नपाउने भएको छ। रुसले पुनः हतियारसहितको बख्तरबन्द गाडी युक्रेनको राजधानी किएभतर्फ पठाएको छ।
हिजो मात्र वार्ताको टेबलमा बसेका यी दुई देशबीच केही दिनयता युद्ध चलिरहेको छ।
र सोमबार स्याटेलाइट कम्पनी माक्सार टेक्नोलोजीले ४० माइल (झण्डै ६४ किलोमिटर)लामो लामबद्ध रुसी कन्भोय युक्रेनको राजधानी किएभतर्फ अघि बढिरहेको तस्बिर सार्वजनिक गरेको छ। माक्सारका अनुसार तस्बिर इभानकिभको हो- यो शहर किभएभन्दा उत्तरतर्फ पर्छ।
यस्तै एन्टोनोभ एयरपोर्टको पूर्वी कुनामा देखिएका ती लामबद्ध गाडीमा हतियारसहितका बख्तरबन्द, खाद्यान्न बोकेका सवारी लगायतका छन्।
तस्बिर: सामाजिक सञ्जाल
फागुन १७, २०७८ मंगलबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।