रोडिजमा दियाको खतरा पोलटिक्स,सिकार बन्यो समन टिम
काठमाडौँ : हिमालयन रोडिजमा जब एक जना मात्र प्रतियोगी पुगेको अनुपविक्रम शाहीको टिममा वाइल्ड कार्डबाट जब बलिया २ प्रतियोगी सन्देश अनि नसिब आए एकाएक दिया मास्के गेम नै बदलियो।
दुवै बलिया प्रतियोगी एकै टिममा जाँदा नै दिया असन्तुष्ट भइसकेकी थिइन्। सोमबारको कार्यक्रममा पनि उनले फेयर भएन भन्दै थिइन्। जब बलले सकिन्न तब बुद्धि लगाउने न हो। दियाले बुद्धि लगाउँदै एक हप्ताका लागि आफ्नो एक सदस्य जोगाइन। सिकार बन्यो समन श्रेष्ठको ब्लु टिमका अजय।
नयाँ २ सदस्य पाएसँगै विजेता बन्यो अनुपको टिम रेड। टास्क थियो एक सदस्यको हात सिक्रीले बाँधेर ताल्चा लगाउने, एक सदस्य पोखरीभित्र गएर पाँचमध्ये मिल्ने चाबी ल्याएर खोल्ने, दोस्रो पोखरीको बिचमा माथि झुन्ड्याएको झन्डा तान्ने।
नम्बर घटाउन तेस्रो सदस्यले प्रतिस्पर्धीलाई बेलुनले हान्ने। दिया र सनम अनि लाउरे र अनुप टिम मिल्थे। यो पाली दिया पनि टार्गेटबाट जोगिइन्। टार्गेटमा पर्यो लाउरे र सनम।
विजेता टिम रेडका तीनै सदस्य सुरक्षित भए। बांकी नौबिच खुल्ला भोट आउँटहुँदा पहिला जसले बढी भोट पायो सबैले उसैलाई टार्गेट गर्दा १२ मा ८ भोट पाए ब्लुको अजयले। यसमा पनि ट्विट आयो। अजयले फेसअफका लागि प्रतिस्पर्धी छान्न पाए र छाने लाउरे टिमको सुरजलाई।
यी दुवै पोखरीमाथिको पुलमा उभिएर एकले अर्कालाई सिरानीले हानेर पोखरीमा खसाउने वेस्ट थ्रीमा लगातार अजय झरे। लाउरेको सुरज जोगिए। सुरज जोगिए भन्नेमा भन्दा पनि दियाको माइन्ड गेम अनि अनुप टिमको जितले सोमबार प्रसारण भएको रोडिज रमाइलो बनायो।
अनि दियाको कुटिल राजनीति गर्ने क्षमता पनि देखायो। हेरौँ अर्को हप्ता दियाको पोलटिक्स कस्तो हुन्छ ?
फागुन १७, २०७८ मंगलबार ०२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।