लुम्बिनी सरकारले खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा जिम्मेवारी तोक्यो
बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरु समेत नियुक्त गर्ने निर्णय गरेको हो।
जस अनुसार रुकुमपूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम नियुक्त भएको सरकारका प्रबक्ता तिलकराम शर्माले जानाकारी दिए।
त्यस्तै, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल नियुक्त भएका छन्।
यसैगरी कपिलवस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाललाई जिम्मेवारी दिइएको छ।
यसैगरी प्युठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कुप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।
यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिस बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्युठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ।
त्यस्तै बैंकले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ। यसैगरी गरी आर्थिक वर्ष २०७८/२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ।
फागुन १६, २०७८ सोमबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।