वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी
सुर्खेत : बन्दकर्ताले सुर्खेतका विभिन्न पार्टीका कार्यालयमा तोडफोड र आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको छ।
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार अहिले राति सवा ८ बजेदेखि भोलि साँझ ७ बजेसम्म कर्फ्यु आदेश जारी भएको हो।
प्रहरी बिट, सार्वजनिक सम्पत्ति र विभिन्न पार्टीका कार्यालयहरु समेत तोडफोड गर्न थालेपछि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
आदेश जारी भएसँगै प्रहरीले अहिले माइकिङ सुरु गरेको छ।
बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ।
फागुन १६, २०७८ सोमबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।