सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप, केही घाइते

सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप, केही घाइते

सुखेतः सुर्खेतमा बन्दकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ। वीरेन्द्रनगरको मंगलबढी चोकमा बन्दकर्ता र सुरक्षाकर्मीबीच ढुंगामुढा भएको हो। 

सुर्खेतका पिपिरा चोक, ऐरी चोक लगायतका विभिन्न चोकमा बन्दकर्ताहरूले बिहानैदेखि सडकमा टायर बाल्ने र स्थानीय बजारसमेत बन्द गराउँदै हिँडेका थिए। बिहान टायर बाल्ने र स्थानीय बजार बन्द गराउँदै हिँडे पनि अहिले भने सामान्य झडपहुँदा केही बन्दकर्ता समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

एमसिसी सदनबाट अनुमोदन भएको बिरोधमा विप्लवसहित विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गरेका थिए । सुर्खेतमा बन्दको प्रभाव बिहानैदेखि परेको छ।

फागुन १६, २०७८ सोमबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।