युक्रेनले दुईटा माग अघि सार्दा वार्ता सफल नहुने संकेत

युक्रेनले दुईटा माग अघि सार्दा वार्ता सफल नहुने संकेत

एजेन्सीः युक्रेनी अधिकारीहरूका अनुसार यतिबेला रुस-युक्रेन वार्ताका लागि दुवै टोली युक्रेन-बेलारुस सीमामा पुगेका छन्। शान्ति वार्ताका लागि जुटेका दुई देशका अधिकारीबीच छलफल हुनेक्रममा छ।

यहीबेला युक्रेनले भने आफ्नो दुई वटा माग अघि सारेको छ। उसको माग छ- रुसको तर्फबाट युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती।

यता रुसको मुख्य अजेण्डा नै किएभमाथिको पकड रहेको हुँदा तत्काल यो माग सम्बोधन नहुने र वार्ता सफल नहुने लख काट्न थालिएको छ। 

आइतबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधनका क्रममा वार्ताले कुनै निष्कर्ष ननिकाल्ने बताएका थिए। यद्यपि उनले युक्रेनले युद्ध रोक्न कुनै प्रयास नै नगरेको जस्तो देखिने भएकाले झिनो सम्भावना रहे पनि प्रयास भने गर्ने बताएका थिए।

फागुन १६, २०७८ सोमबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।