रुसको पक्षमा युद्ध गर्न बेलारुसले युक्रेनमा सेना पठाउने, वार्ता भङ्ग हुने जोखिम

रुसको पक्षमा युद्ध गर्न बेलारुसले युक्रेनमा सेना पठाउने, वार्ता भङ्ग हुने जोखिम

एजेन्सीः बेलारुस पनि रुस-युक्रेन युद्धमा सहभागी हुने अमेरिकी प्रशासनले जनाएको छ। आइतबार साँझ एक अमेरिकी अधिकारीले आफ्नो गुप्तचरबाट प्राप्त गोप्य सूचना सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

ती अधिकारीले बेलारुसलाई रुसकै हिस्सा भएको पनि गम्भीर आरोप लगाए। उनले भने, 'यो प्रष्ट छ कि मिन्स्क (बेलारुसको राजधानी) क्रेमलिन (रुसको प्रमुख शहर)को विस्तारित भूभाग हो।' 

उनका अनुसार सोमबार नै बेलारुसले रुसलाई सहायता हुनेगरी सेना युक्रेन पठाउन लागेको छ। 

बेलारुसका राष्ट्रपति एलेक्जान्डर लुकाशेन्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकै निकट मानिन्छन्। उनले बेलारुसी भूमिमा रुसी सेनालाई प्रवेश गर्ने अनुमति साथै सैनिक प्रशिक्षण गर्ने अनुमति दिएका थिए।

यता यहीबीचमा बेलारुस-युक्रेन सीमामा आज रुस र युक्रेनबीच वार्ता हुँदैछ। यदि बेलारुसले आज युक्रेनमा सेना पठाएमा वार्ता भङ्ग हुने र थप जटिलता आउने प्रष्ट छ।

फागुन १६, २०७८ सोमबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।